पराजित भएपछि ज्ञवाली भन्छन: हार जित स्वभाविक प्रक्रिया हो, मतदातालाई धन्यवाद
गुल्मी | मंसिर २२, २०७९
गुल्मी: नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए ।
ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए ।
मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका ज्ञवालीले जित हार स्वाभाविक प्रक्रिया भएको बताए ।
तर जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने गरी जिल्लाको विकासका लागि हर बखत लागिरहने उनको भनाइ छ । गुल्मीबाट ०५६ सालदेृखि चुनाव लडदै आएका ज्ञवाली ०५६, ०६४, ०७४ सालमा निर्वाचित भएका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

